Section 34
इजाजत खारेज गर्न सकिने
(१) बीमकले यस ऐन अन्तर्गत इजाजतप्राप्त बीमा व्यवसायको किसिम अन्तर्गत कुनै एक वा एकभन्दा बढी बीमाको प्रकार (पोर्टफोलियो) को इजाजत खारेज गर्न चाहेमा प्राधिकरण समक्ष निवेदन दिन सक्नेछ।

तर बीमकले आफूले गर्दै आएको सबै प्रकारको बीमाको प्रकार (पोर्टफोलियो) खारेज गर्न निवेदन दिन सक्ने छैन।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा प्राधिकरणले त्यस्तो बीमकले गरी आएको बीमा (व्यवसायको कुनै प्रकार (पोर्टफोलियो) को इजाजत खारेज गर्न सक्नेछ।

(३) यस दफा बमोजिम बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) को इजाजत खारेज सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।